बैतडीमा गठबन्धनका वडासदस्य उम्मेदवारमाथि खुकुरी प्रहार

गोकुलेश्वर अस्पतालमा उपचार हुन ससकेपछि उनलाई कैलाली रिफर गरिएको छ।

नेपालभ्युज

बैतडीमा गठबन्धनका वडासदस्य उम्मेदवारमाथि खुकुरी प्रहार

बैतडी। बैतडीमा खुकुरी प्रहारबाट गठबन्धनबाट वडासदस्य उम्मेदवार गम्भीर घाइते भएका छन्। गठबन्धनका तर्फबाट डिलाशैनी गाउँपालिका ५ का वडा सदस्यका उम्मेदवार ५५ वर्षका हरिराम साउँदमाथि खुकुरी प्रहार भएको हो।

माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका साउँदलाई गएराति १० बजे आफ्नै एक घरबाट अर्को घरमा जाने क्रममा बीचबाटोमा अज्ञात समूहले खुकुरी प्रहार गरेको बताइएको छ। खुकुरी प्रहारबाट घाइते साउँदको टाउको, हात, मुखमा चोट लागेको छ।

गोकुलेश्वर अस्पतालमा उपचार हुन ससकेपछि उनलाई कैलाली रिफर गरिएको छ।

घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved