नक्कली भ्याट बिल बनाएको भन्दै दुई फर्मविरुद्ध मुद्दा

विभागले बिगोको दोब्बर बराबरले हुन आउने १९ करोड ३४ लाख रुपैयाँ  बराबर असुल गरी कैद सजायकोसमेत माग गरेको छ।

नेपालभ्युज

नक्कली भ्याट बिल बनाएको भन्दै दुई फर्मविरुद्ध मुद्दा

काठमाडौं। राजश्व अनुसन्धान विभागले गलत तरिकाले मूल्य अभिवृद्धि कर विजक खरीद गरी राजश्व चुहावट गरेको अभियोगमा दुई व्यावसायिक फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

विभागका अनुसार भक्तपुर सूर्यविनायक–१० देउजागाउँ स्थायी बसोबास भएका एभरेष्ट यति इन्टरनेशनलका सञ्चालक दीपकुमार देउजा र अचला थापा देउजाविरुद्ध आज उच्च अदालतमा मुद्दा दायर गरिएको हो। राजश्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त नक्कली तथा झुठा मूल्य अभिवृद्धिकर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार पारी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धिकर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजश्व चुहावट गरेको पाइएको छ।

विभागले नौ करोड ६७ लाख ३२ हजार ५६० बराबरको बदमासी गरेको पाइएको भन्दै सोहीअनुसारको माग दाबी गरेको छ। मूल्य अभिवृद्धि करतर्फ तीन करोड ४० लाख १८ हजार र आयकरतर्फ छ करोड २७ लाख १४ हजार ५६० रुपैयाँ बराबरको बदमासी गरेको पाइएको विभागले जनाएको छ। विभागले बिगोको दोब्बर बराबरले हुन आउने १९ करोड ३४ लाख रुपैयाँ  बराबर असुल गरी कैद सजायकोसमेत माग गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved