नेपालका लागि भारतको नयाँ राजदूतमा श्रीवास्तवको चर्चा

नेपालका लागि नयाँ राजदूत नियुक्त हुने बताइएका श्रीवास्तव भारत-चीन सम्बन्धका जानकार मानिन्छन्। भारतीय विदेश मन्त्रालयमा उनलाई चीन विज्ञका रुपमा हेरिन्छ।

नेपालभ्युज

नेपालका लागि भारतको नयाँ राजदूतमा श्रीवास्तवको चर्चा

काठमाडौं। नेपालका लागि भारतीय राजदूतमा भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव नवीन श्रीवास्तव नियुक्त हुने भएका छन्।

भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएअनुसार श्रीवास्तवलाई भारतीय विदेश मन्त्रालयले नेपालको राजदूतमा नियुक्त गर्ने तयारी गरेको हो।

नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त भएपछि नेपालस्थित भारतीय दूतावास नेतृत्वविहीन रहेको छ।

नवनियुक्त भारतीय विदेश सचिव क्वात्राले आइतबार आफ्नो पदभार समालेका छन् भने श्रीवास्तवको नाम नेपालको राजदूतका रुपमा चर्चामा आएको छ।

भारतीय सञ्चार माध्यमले श्रीवास्तव नेपालका लागि भारतको नयाँ राजदूत नियुक्त हुने दाबी गरे पनि भारतीय विदेश मन्त्रालयले भने यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

नेपालका लागि नयाँ राजदूत नियुक्त हुने बताइएका श्रीवास्तव भारत-चीन सम्बन्धका जानकार मानिन्छन्। भारतीय विदेश मन्त्रालयमा उनलाई चीन विज्ञका रुपमा हेरिन्छ।

सन् २०२० मा भारत–चीनबीच गल्वान उपत्यकामा सैन्य झडप हुँदा दुई देशबीचको सम्बन्ध समान्यीकरण गर्न उनले विशेष भूमिका खेलको बताइन्छ।

सन् १९९३ मा भारतीय विदेश मन्त्रालयको सेवामा प्रवेश गरेका उनी विभिन्न देशको राजदूत भइसकेका व्यक्ति हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved