धनुषाको राघोपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

नेपालभ्युज

धनुषाको राघोपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–२ राघोपुरमा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश२-०२-००२-प ३०५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा महोत्तरीको बर्दिबास घर भएका ४० वर्षीय सन्जिप श्रेष्ठको मृत्यु भएको हो।

मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved