राष्ट्रहितका लागि गठबन्धन गरिएको हो : माओवादी प्रवक्ता महरा

नेपालभ्युज

राष्ट्रहितका लागि गठबन्धन गरिएको हो : माओवादी प्रवक्ता महरा
फाइल फोटो

दाङ । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रियता, संघीयता, लोकतन्त्र, संविधानमाथि खतरा हुन थालेपछि पाँचदलीय गठबन्धन गर्नु परेको बताएका छन्।

पाँचदलीय गठबन्धनले आज तुलसीपुरमा आयोजना गरेको प्रशिक्षण तथा उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र, संविधान, राष्ट्रियताका लागि गठबन्धनको आवश्यकता परेको स्पष्ट पारे। “व्यक्तिको भन्दा पनि राष्ट्रको हितका लागि गठबन्धन हो,” उनले भने।

प्रशिक्षण कार्यक्रममा उपस्थित कार्यकतालाई प्रवक्ता महराले ढुक्क भएर पाँचदलीय गठबन्धनका उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह गरे। सोही कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले मुलुकमा तानाशाही प्रवृत्ति रहेको भन्दै यसको अन्त्यका लागि नै यो गठबन्धन भएको बताए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुखका उम्मेदवार गेहेन्द्र गिरी, उपप्रमुखका उम्मेदवार जोगबहादुर राणा, एकीकृत (समाजवादी) केन्द्रीय सदस्य हिराचन्द्र केसी, जनमोर्चाका नेता भर भण्डारीलगायतले मन्तव्य व्यक्त गर्दै यो गठबन्धन रहेको नभई संविधानको रक्षाका लागि भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved