अमेरिकी राष्ट्रपति बाइडेनले मागे युक्रेनका लागि ३३ अर्ब डलर 

नेपालभ्युज

अमेरिकी राष्ट्रपति बाइडेनले मागे युक्रेनका लागि ३३ अर्ब डलर 

वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि सैन्य, आर्थिक र मानवीय सहयोगका लागि कंग्रेससँग ३३ अर्ब डलर माग गरेका छन्। यद्यपि उनले अमेरिकाले रुसमाथि आक्रमण नगर्ने अडान दोहोर्‍याएका विभिन्न मिडियाले लेखेका छन्।
बिहीबार रुसी विदेश मन्त्रालयका प्रवक्ताले युक्रेनका लागि पश्चिमी सैनिक सहयोगले महादेशको सुरक्षालाई खतरा पु¥याउने बताएका छन् ।

युक्रेनलाई बलियो बनाउन आफ्नो प्रस्तावलाई कंग्रेसले अनुमोदन गर्नैपर्ने बाइडेनको भनाइ छ। प्रस्तावमा २० अर्ब डलर भन्दा बढी सैन्य सहयोग, ८ अर्ब ५० करोड डलर आर्थिक सहयोग र ३ अर्ब डलर मानवीय सहयोग उल्लेख गरिएको छ।

राष्ट्रपति बाइडेन आणविक हतियारको सम्भावित प्रयोगको अस्पष्ट धम्की र युक्रेनमा हस्तक्षेप गर्ने मुलुकहरुद्ध कारबाही गर्ने रुसी राष्ट्रपति  पुटिनको चेतावनीले आफूलाई रोक्न नसक्ने देखाउन चाहन्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved