घुस लिएको भन्दै सेवाग्राहीले मोसो दलेका सिँचाइ डिभिजन प्रमुख श्रीवास्तवले पाए सफाइ

नेपालभ्युज

घुस लिएको भन्दै सेवाग्राहीले मोसो दलेका सिँचाइ डिभिजन प्रमुख श्रीवास्तवले पाए सफाइ

काठमाडौं। दुई लाख रुपैयाँ घुस रकम माग गरेको आरोपमा पक्राउ परेका कञ्चनपुर जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमृुख अजित कुमार श्रीवास्तव र इन्जिनियर ग्रिष्मा ठगुन्नाले सफाइ पाएका छन्।

विशेष अदालतका न्यायाधीशहरू रमेश कुमार पोखरेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको आज (बिहीबार) बसेको संयुक्त इजलासले श्रीवास्तव र ठगुन्नालाई सफाइ दिएको हो।

भीमदत्त नगरपालिका–१९ को चौधर नदीमा तटबन्ध निर्माणमा १५ प्रतिशत रकम घुस माग गरेको सेवाग्राहीले उजुरी दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय महेन्द्रनगरले दुई लाख रुपैयाँसहित श्रीवास्तव र ठगुन्नालाई पक्राउ गरेको थियो।

श्रीवास्तवको घरको भान्छामा रहेको चामलको बोराभित्रबाट २ लाख रुपैयाँ बरामद गरेकोले आयोगले दुई जनाविरुद्ध मुद्दा दायर गरेको थियो। घुस लिएको आरोपमा प्रहरीले पक्राउ गरेपछि १३ असार २०७६ मा सेवाग्राहीले श्रीवास्तवलाई मोसोसमेत दलेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved