काठमाडौं। निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि ३० वैशाखमा सार्वजनिक बिदा माग गरेको छ। आयोगले सरकारसँग उक्त दिन नेपालभर सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ।
बिहीबार नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनका लागि सार्वजनिक बिदाको प्रस्ताव गरिएको जानकारी दिए।
यसैगरी आयोगले निर्वाचनको तयारी गर्न आयोगले मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन बिदा दिन अनुरोध गरेको छ। मतदान र निर्वाचनसम्बन्धी व्यवस्थापकीय काम गर्नुपर्ने भएकोले सरकारसँग मतदान केन्द्र तोकिएका विद्यालयलाई तीन दिन बिदा दिन अनुरोध गर्ने प्रवक्ता अर्यालले बताए।
मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापनका लागि २८ देखि ३० वैशाखसम्म तीन दिन मतदान केन्द्र तोकिएका विद्यालयका विद्यार्थीहरूको भौतिक उपस्थितिमा पठनपाठन नगराउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको उनले बताए ।
Facebook Comment
Comment