राष्ट्रिय पौडी प्रतियोगिता २२ र २३ वैशाखमा

नेपालभ्युज

राष्ट्रिय पौडी प्रतियोगिता २२ र २३ वैशाखमा

काठमाडौं। नेपाल पौडी संघको आयोजनामा २४औँ खुला तथा उमेर समूह पौडी प्रतियोगिता हुने भएको छ। यही २२ र २३ वैशाखमा उक्त प्रतियोगिताको खेल सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुनेछ।

प्रतियोगितामा कूल २३ विधामा प्रतिस्पर्धा हुने आयोजक सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा महिला र पुरुष गरी करीब १५० खेलाडीको सहभागिता रहने छ। प्रतियोगिता हङ्गेरीमा हुने १९औँ विश्व पौडी प्रतियोगिता, पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र चीनमा हुने एसियन गेम्सलाई मध्यनजर गरी आयोजना गर्न लागिएको संघले जनाएको छ।

यस प्रतियोगितामा १९औँ विश्व पौडी प्रतियोगिताको अन्तिम तथा एसियाली खेलका लागि पहिलो चरणको छनोट प्रतियोगितासमेत रहेको संघले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved