बागी उम्मेदवारी फिर्ता लिन देउवाको अपिल

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना पार्टीबाट बागी उम्मेदवारी दिएका कार्यकर्तालाइ फिर्ता लिन अपील गरेका छन्। बिहीबार देउवाले अपील जारी गर्दै गठबन्धनका उम्मेदवारलाई सघाउन आग्रह गरेका छन्।

नेपालभ्युज

बागी उम्मेदवारी फिर्ता लिन देउवाको अपिल
फाइल तस्वीर।

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना पार्टीबाट बागी उम्मेदवारी दिएका कार्यकर्तालाइ फिर्ता लिन अपील गरेका छन्। बिहीबार देउवाले अपील जारी गर्दै गठबन्धनका उम्मेदवारलाई सघाउन आग्रह गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयमा गई फिर्ता लिई दिन र पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन उनले अपिल गरेका हुन्। उनले लोकतन्त्रलाई मजवुद बनाउन पाँच दलीय गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको औल्याएका छन्।

उनले भनेका छन्, “देशभरका स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्षउपाध्यक्ष र वडा अध्यक्ष, सदस्य पदमा पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका पार्टीका साथीहरूले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ–आफूले दर्ता गराउनु भएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले तोकेको समय (२०७९ वैशाख १६ गते बेलुकी ५ बजेभित्र) सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई फिर्ता लिई दिनु हुन र पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि हार्दिक अपील गर्दछु।”

पार्टीको विजयका लागि ‘साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी’ भन्ने उच्चतम भावना राख्न पनि उनले आग्रह गरेका छन्।

देउवाले भनेका छन्, “तर पार्टीको विजयका लागि ‘साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी’ भन्ने उच्चतम भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठबन्धनका दलहरूसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपील गर्दछु।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved