गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज नेपाल एयरलाइन्सको परीक्षण उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बिहीबार) नेपाल एयरलाइन्सले परीक्षण उडान गर्दै छ। नेपाल एयरलाइन्सको एअरबस ए–३३० वाइडबडी जहाज आज दिउँसो ३ बजे काठमाडौंबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका लागि उड्नेछ।

नेपालभ्युज

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज नेपाल एयरलाइन्सको परीक्षण उडान

काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बिहीबार) नेपाल एयरलाइन्सले परीक्षण उडान गर्दै छ। नेपाल एयरलाइन्सको एअरबस ए–३३० वाइडबडी जहाज आज दिउँसो ३ बजे काठमाडौंबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका लागि उड्नेछ।

गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार जहाजमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले, सचिव, कर्मचारी, पत्रकारलगायत २६० जना यात्रु रहने छन्। गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते नै नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान गर्ने तालिका रहे पनि विविध कारणले ढिलाइ भएको थियो।

विमानस्थलबाट जेठ १५ गतेदेखि नियमित व्यावसायिक उडान हुने जनाइएको छ। अहिलेसम्म कुवेतको जजिरा एअरले मात्रै व्यावसायिक उडानको तालिका प्राप्त गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved