चितवन। चितवनको माडी नगरपालिकामा नेकपा (एमाले)का तर्फबाट उपमेयरमा उम्मेदवारी दर्ता गराएका रेशमलाल आचार्यले उम्मेदवारी फिर्ता लिएका छन्।
माडी नगरपालिकामा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको छ। जसअनुसार दुवै पार्टीले माडीमा एक कार्यक्रम आयोजना गरी तालमेलको सहमतिअनुसार आचार्यले उम्मेदवारी फिर्ता लिएका हुन्।
१२ वैशाखमा उम्मेदवारी दर्ताको दिन दुई पार्टीबीच अन्तिम समयमा तालमेल भएकोले आचार्यले एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएका थिए। उम्मेदवारी फिर्ता कार्यक्रममा आचार्यले पार्टीको एक असल कार्यकर्ता भएको नाताले तालमेलको भावनाअनुसार उम्मेदवारी फिर्ता लिएर पार्टीलाई सहयोग गरेको बताए।
राप्रपाका तर्फबाट उपमेयरमा मदन पौडेलले उम्मेदवारी दिएका छन्। सो कार्यक्रममा बोल्दै उपमेयर उम्मेदवार पौडेलले गठबन्धनका उम्मेदवारलाई जिताउन दृढ भएर लाग्ने बताए।
Facebook Comment
Comment