ओलीलाई गगन थापाको जवाफ : भ्याएको बेला बालकोट गएर ट्युसन पढाउँछु

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्रलाई चुनौती दिन नसकेर आक्रोशित भएको टिप्पणी गरेका छन्। आलोचना गर्नेलाई ओलीले पागल भन्ने गरेको बताउँदै थापाले एामलेको झूटको पर्दाफासका कारढ ओलीलाई सहन गाह्रो भएको बताए।

बुधबार पार्टीको सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा थापाले ओलीलाई लजिक मन नपर्ने म्याजिक मन पर्ने टिप्पणी गरे। उनले भने, ‘‘केपी ओलीलाई लजिक मन पर्दैन, म्याजिक मन पर्छ। हामीले लजिक राखेका छौं, म्याजिक छैन।’’

मंगलबार ओलीले एक कार्यक्रममा कांग्रेसको घोषणापत्रमाथि टिप्पणी गर्दै ‘पागलहरुको प्रलाप’ भनेका थिए। कांग्रेसले सुखी नेपाली समृद्ध नेपालको नारा चोरेको आरोप ओलीको थियो। त्यसैको जवाफस्वरूप थापाले कांग्रेसको सम्मुन्नति र ओलीको समृद्धिमा फरक भएको बताए।

उनले ओलीको समृद्धिमा अहंकारको भ्यूटावर भएको बताउँदै भने, ‘‘अलिकति भ्याएको बेला बालकोट गएर ट्युसन पढाउँछु।समृद्धिको आइडिया चोरेर लगिदेला भनेर अनिदो नबस्नु ससमृद्धि तपाईंकै आइडिया हो तपाईंको समृद्धिमा अहंकारको भ्यूटावर छ। हाम्रो समुन्नतको आइडियामा भ्यूटावरबाट देखिने मान्छेको दु:ख हल गर्ने उपाय छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved