सुदर्शन र धर्मेन्द्रलाई विप्लवले पार्टीबाट हटाए

पार्टी निर्णयविपरीत काम कारबाही गरेको भन्दै विप्लवले सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीबाट हटाएका हुन्।

नेपालभ्युज

सुदर्शन र धर्मेन्द्रलाई विप्लवले पार्टीबाट हटाए

काठमाडौं। नेत्रविक्रम चन्द‘विप्लव’ले आफ्नो पार्टीका दुई नेताहरुलाई कारबाही गरेर पार्टीबाट हटाएका छन्। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दुई शीर्ष नेतालाई सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।

पार्टी निर्णयविपरीत काम कारबाही गरेको भन्दै विप्लवले सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीबाट हटाएका हुन्।

कपिलवस्तुको शिवगढीमा बुधबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले नेताद्वय ‘सुदर्शन’ र धर्मेन्द्रलाई पार्टीबाट निष्काशन गरेको हो। बैठकमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved