रियल म्याड्रिडमाथि म्यानचेस्टर सिटीको रोमाञ्चक जित

युइएफए च्याम्पियनसिप लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई पराजित गरेको छ। गएरातीको खेलमा म्यानचेस्टर सिटीले घरेलु मैदानमा रियल म्याड्रिडलाई ४–३ गोल अन्तरले पराजित गरेको हो।

नेपालभ्युज

रियल म्याड्रिडमाथि म्यानचेस्टर सिटीको रोमाञ्चक जित

काठमाडौं। युइएफए च्याम्पियनसिप लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई पराजित गरेको छ। गएरातीको खेलमा म्यानचेस्टर सिटीले घरेलु मैदानमा रियल म्याड्रिडलाई ४–३ गोल अन्तरले पराजित गरेको हो।

खेलको दोस्रो मिनेटमा नै सिटीका केभिन डी ब्रुनेको गोलमा अग्रता लिएको थियो। त्यसपछि खेलको ११औँ मिनेटमा गाब्रियल जिससको गोलमा सिटीले आफ्नो अग्रता दोब्बर पारेको थियो। त्यसपछि खेलको ३३औँ मिनेटमा रियल म्याड्रिडका लागि करिम बेन्जमाले गोल गरेका थिए।

पहिलो हाफमा २–१ गोलको अन्तरले म्यानचेस्टर सिटीले अग्रता बनाएको थियो। त्यसपछि खेलको ५३औँ मिनेटमा म्यानचेस्टर सिटीका लागि फिल फोडेनले गोल गरे। खेलको ५५औँ मिनेटमा भिनिसियस जुनियरले रियल म्याड्रिडका लागि दोस्रो गोल गरेका थिए ।

त्यसपछि खेलको ७४औँ मिनेटमा ब्रेर्नार्डो सिल्भाले म्यानचेस्टर सिटीका लागि चौथो गोल गरेका थिए। त्यस लगत्तै खेलको ८२औँ मिनेटमा रियल म्याड्रिडले पेनाल्टी पायो र करिम बेन्जमाले गोल गरेका थिए। अत्यन्त प्रतिष्पर्धात्मक खेलमा म्यानचेस्टर सिटी आफ्नो घरेलु मैदानमा ४–३ को नतिजा निकाल्न सफल भयो। अब सेमिफाइनलको दोस्रो लिग रियल म्याड्रिडको घरेलु मैदानमा मे ५ मा हुने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved