एक महीना कैद भुक्तान गरेका एमालेका उम्मेदवारविरुद्ध उजुरी

नेपालभ्युज

एक महीना कैद भुक्तान गरेका एमालेका उम्मेदवारविरुद्ध उजुरी

लमुजङ। आसन्न स्थानीय तहको निर्वाचनका लागि लमजुङमा एक जनाविरुद्ध दाबीविरोधको उजुरी परेको छ। आज तोकिएको दाबीविरोधको उजुरीउपर जिल्लामा एउटा मात्र उजुरी परेको हो।

जिल्लाको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका–६ मा नेकपा (एमाले) बाट वडाध्यक्षका उम्मेदावर प्रकाश कतिलाविरुद्ध उजुरी परेको मर्स्याङ्दी गाउँपालिकाको निर्वाचन अधिकृत उदयराज काफ्लेले बताए। उनले भने, “कतिलाविरुद्धमा नेपाली कांग्रेसबाट सोही वडामा वडाध्यक्षका उम्मेदावर मिनराशी गुरुङले दाबी विरोधउपर उजुरी दिएका छन्।” केही महीनाअघि न्यादी आयोजनाको सिमेन्ट ओसारपोसारका क्रममा ढाँका चोरी मुद्दामा केश परेको थियो।

यसविरुद्ध अदालतमा परेको मुद्दा देखाएर उनले दाबी विरोधउपर उजुरी दिएका हुन्। उजुरीमाथि छानबिन गरिने उनले बताए।

कतिलालाई अदालतले एक महीना कैद र रु १२ हजार जरिवाना तोकेको र सो कैद भुक्तानी गरिसकेको निर्वाचन अधिकृत काफ्लेले बताए। जिल्लाको अन्य स्थानीय तहमा भने कुनै पनि उम्मेदवारविरुद्ध दाबी विरोध नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय लमजुङले जनाएको छ।

जिल्लामा विभिन्न पदका लागि एक हजार १४७ जनाले मनोनयन दर्ता गराएका छन्। जिल्लामा चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved