काठमाडौं । निजगढ विमानस्थल विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले १२ जेठमा निर्णय सुनाउने मिति तोकेको छ।
आज बसेको न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहतपूर्ण इजालासले निवेदकले जवाफ फर्काएपछि बेञ्चले ३० वैशाखमा बहसनोट पेश गर्न र १२ गते निर्णय सुनाउने मिति तोकेको अधिवक्ता सञ्जय अधिकारीले जानकारी दिए।
विमानस्थलको निर्माणको लागि रूख काट्ने विषयमा शुरु भएको विवाद संसदीय समिति हुँदै सर्वोच्चमा पुगेको थियो। १७ मंसीर २०७६ मा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी लगायत पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता रञ्जुहजुर पाँडे क्षत्री, विजयकुमार सिंह दनुवार, पंकजकुमार कर्णले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।
साथै निजगढ विमानस्थलको विवादमा वरीष्ठ अधिवक्ता प्रकाशमणि शर्मा लगायतले सर्वोच्च अदालतमा ७ फागुन २०७६ मा रिट दर्ता गरेको थियो। शर्माको मुद्दामा १० चैत २०७७ देखि निवेदकका तर्फबाट बहस शुरु भएको थियो।
Facebook Comment
Comment