ओलीको मुखबाट तल्लोस्तरको अभिव्यक्ति आउनु खेदजनक छ : कांग्रेस प्रवक्ता महत

नेपालभ्युज

ओलीको मुखबाट तल्लोस्तरको अभिव्यक्ति आउनु खेदजनक छ : कांग्रेस प्रवक्ता महत

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता तथा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाश शरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै दिएको अभिव्यक्ति खेदजनक भएको बताएका छन्।

सानेपामा उनको संयोजकत्वमा बनेको केन्द्रीय प्रचार–प्रसार समिति अन्तर्गतको पार्टीको सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमितिले आयोजना गरेको निर्वाचन भिडिओको विमोचन कार्यक्रममा उनले भने,“देशमा निर्वाचन आचारसंहिता लागू भैसकेको छ तर नेकपा एमालेका अध्यक्षको मुखबाट नेपाली कांग्रेस र हामीले सार्वजनिक गरेको घोषणापत्रप्रति निकै तल्लो स्तरको अभिव्यक्ति दिनुभएको छ। सामान्य अवस्थामा पनि बोल्न नहुने अभिव्यक्ति खेदजनक छन्।”

डा. महतले एमालेले आचार संहिताको धज्जी उडाएको र त्यसप्रति सम्बन्धित निकायले ध्यानाकर्षण गर्न नसकेको भन्दै निर्वाचन आयोगप्रति रोष पनि प्रकट गरे। नेकपा एमालेका अध्यक्ष ओलीले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली काग्रेसको सङ्कल्प पत्रलाई बकवास र पागलहरूको प्रलाप भनेर टिप्पणी गरेका थिए।

महतले आफ्नो पार्टीले शालीनतापूर्वक निर्वाचन अभियान सञ्चालन गरेको पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved