देउवाको गृहजिल्लामा नेपाली कांग्रेसले उठायो २९ वर्षीय युवा मेयर

सामाजिक अभियन्ता र सफल उद्यमी रहेका जोशी नेपाली कांग्रेस परशुराम नगरपालिकाका नगर सभापतिसमेत हुन्।

नेपालभ्युज

देउवाको गृहजिल्लामा नेपाली कांग्रेसले उठायो २९ वर्षीय युवा मेयर

डडेल्धुरा। सत्तारुढ नेपाली कांग्रेसले डडेल्धुराको परशुराम नगरपालिकाको मेयर पदको लागि भरत बडायर जोशीलाई उम्मेदवारको रुपमा मनोनयन गरेको छ ।

बेइजिङको चाइनिज एकेडेमी अफ साइन्सबाट वायुमण्डल भौतिकशास्त्रमा स्नातकोत्तर गरेका २९ वर्षीय जोशीलाई कांग्रेसले परशुरामको मेयर उम्मेदवार बनाएको हो।

सामाजिक अभियन्ता र सफल उद्यमी रहेका जोशी नेपाली कांग्रेस परशुराम नगरपालिकाका नगर सभापतिसमेत हुन्।

२०७२ सालको भूकम्पको समयमा तथा कोरोना महामारीको समयमा पनि जोशी सामाजिक कामहरुमा सक्रिय भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved