अपडेट: देशभर १ लाख ३७ हजार बढीले उम्मेदवारी दर्ता गराए

नेपालभ्युज

काठमाडौं। स्थानीय तहको निर्वाचनका लागि सोमबार सम्पन्न मनोनयनको कार्यक्रममा १ लाख ३७ हजार बढीले मनोनयन दर्ता गराएका छन्।

मंगलबार बिहान साढे ७ बजेसम्म १ लाख ३७ हजार ४३ जनाले मनोनयन दर्ता गराएको विवरण आयोगले उपलब्ध गराएको छ । आयोगले अझै विवरण संकलन जारी रहेको जनाएको छ।

आयोगका अनुसार प्रमुख पदमा ३ हजार २७६, अध्यक्षमा ३ हजार २६४, उपप्रमुखमा २ हजार ९, उपाध्यक्षमा २ हजार २९६ जनाको उम्मेदवारी परेको छ। यस्तै बाँकी उम्मेदवारी सदस्यमा परेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved