कर्णालीका ७९ पालिकामध्ये तीनमा मात्रै प्रमुख पदमा महिला उम्मेदवार

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका र कालिकोटको खाँडाचक्र नगरपालिकामा प्रमुख पदमा महिलाले उम्मेदवारी दिएका हुन्।

कर्णालीका ७९ पालिकामध्ये तीनमा मात्रै प्रमुख पदमा महिला उम्मेदवार

सुर्खेत। कर्णालीका १० जिल्लाका ७९ पालिकामध्ये तीन पालिकामा मात्रै महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन्। कर्णाली प्रदेशमा तीन जना महिलाले नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका छन्।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका र कालिकोटको खाँडाचक्र नगरपालिकामा प्रमुख पदमा महिलाले उम्मेदवारी दिएका हुन्।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमालेका तर्फबाट मोहनमाया ढकालले उम्मेदवारी दिएकी छन्। दैलेखको नारायण नगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसका निर्मला खड्का गठबन्धन दलबाट र कालिकोटका खाँडाचक्र नगरपालिकामा नेपाली कांग्रेसकी तारा शाहीले गठबन्धन दलबाट उम्मेदवारी दिएका हुन्।

एमालेबाट वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी ढकाल यसअघि वीरेन्द्रनगर नगरपालिका उपप्रमुख पदमा रहेकी थिइन्।

दैलेख नारायण नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएकी खड्का यसभन्दा पहिला वडा सदस्य पदमा रहेकी थिइन्।

कालिकोट खाडाँचक्र नगरपालिका प्रमुख पदमा उम्मेदवारी दिएकी शाही यसभन्दा पहिला ठेकेदार हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved