लम्कीचुहामा कांग्रेसबाट भक्त थापाले गराए उम्मेदवारी दर्ता

नेपालभ्युज

लम्कीचुहामा कांग्रेसबाट भक्त थापाले गराए उम्मेदवारी दर्ता

कैलाली।कैलालीको लम्कीचुहा नगरपालिकामा कांग्रेसबाट भक्त थापाले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसले मेयरमा दुई जनालाई टिकट दिएपछि आधिकारिक उम्मेदवार को भन्नेमा विवाद भएको थियो।

संघबाट प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले सुशीला शाहीलाई मेयरको टिकट दिएकोमा यता गठबन्धनको विपक्षमा रहेका वीरबहादुर बलायरले प्रदेशबाट थापालाई टिकट दिएका थिए।

यसअघि नेकपा एमालेबाट निवर्तमान मेयर महादेव बजगाई र उपमेयरमा जुना चौधरीले उम्मेदवारी दर्ता गराइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved