कान्समा अविनाशविक्रम शाहको ‘लोरी’

नेपालभ्युज

कान्समा अविनाशविक्रम शाहको ‘लोरी’

काठमाडौं। विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिबलमा पहिलोपटक नेपाली सर्ट फिल्म छनोट भएको छ । अविनाशविक्रम शाह निर्देशित फिल्म ‘लोरी’ कान्स फिल्म फेस्टिबल २०२२ मा छनोट भएको हो ।

कान्सको सर्ट फिल्मअन्तर्गतको मुख्य प्रतिस्पर्धात्मक विधामा ‘लोरी’ पहिलो फिल्म बनेको छ । शुक्रबार साँझ कान्सले सार्वजनिक गरेको लाइनअपमा एक सय ४० देशका ३५ सय फिल्ममध्येबाट ‘लोरी’ उत्कृष्ट नौमा पर्न सफल भएको हो । यसअघि कान्समा थुप्रै फिल्मकर्मीको धेरै विधा छनोट भए पनि आधिकारिक रूपमा छानिएको ‘लोरी’ पहिलो हो । नेपाल, चीन, साउथ कोरिया, कोस्टारिका, अमेरिका, फ्रान्स, घाना र लिथुवानियाका फिल्मसँग लोरीको प्रतिस्पर्धा हुनेछ । १७ मेदेखि सुरु हुने कान्स फेस्टिभल २८ मेमा समापन हुँदै छ ।

कान्समा गत वर्ष पनि किरण पोखरेलको ‘विङ्स’ ले नेस्प्रेसो ट्यालेन्ट इन्टरनेसनल कन्टेस्टमा ग्य्रान्ड पुरस्कार जितेको थियो । त्यस्तै यसअघि फिडेल देवकोटाको फिल्म ‘काङलिङ’को पटकथा पनि कान्समा छनोट भएको थियो । कान्समा गतवर्ष मीन भामको निर्देशनमा बन्न लागेको फिल्म ‘चिसो वर्ष’ले ६६ लाखबराबरको पुरस्कार जितेको थियो । उनले निर्माण गर्न लागेको पहिलो फिचर फिल्म ‘झ्यालिन्चा’ निर्माणको क्रममा छ ।

यसअघि अविनाशका सर्ट फिल्महरुले थुप्रै देशी, विदेशी पुरस्कार पाइसकेका छन्। पटकथा लेखनमा उनको खूबी विशेष मानिन्छ। उनले कालो पोथी, हाइवेलगायत फिल्मका पटकथा लेखिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved