प्रचण्डले चुनावसम्म हरेक सोमबार पत्रकार सम्मेलन गर्ने

नेपालभ्युज

प्रचण्डले चुनावसम्म हरेक सोमबार पत्रकार सम्मेलन गर्ने

काठमाडौं। नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचनसम्म हरेक साता पत्रकार सम्मेलन गर्ने भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साताको हरेक सोमबार स्थानीय तहको निर्वाचनबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको हो।

पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १२ बजे प्रचण्डले आज पत्रकार सम्मेलन गर्दैछन्। उनले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धनभित्रको समझदारीबारे जानकारी दिनेछन्।

प्रचण्डले अघिल्लो सोमबार पनि पत्रकार सम्मेलन गरेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved