काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। ‘स्थानीय तहलाई भ्रष्टाचार मुक्त बनाऔँ, विकास र संमृद्धिको अभियान अघि बढाऔँ’ नाराका साथ जसपाले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो।
जसपाले आफ्नो घोषणापत्रमा प्रत्येक वडामा ५० र नगरपालिकामा ५०० जना युवालाई रोजगारी दिने कार्यक्रम राखेको छ। यसैगरी माध्यामिक तहसम्मको शिक्षा व्यवहारिक रूपमै नि:शुल्क र गुणस्तरीय बनाउने घोषणापत्रमा उल्लेख गरिएको छ।
मधेसी, थारू, मुस्लिम, आदिबासीजनजाति, खस, सीमान्तकृत, अल्पसंख्यक तथा लोपोन्मुख जाति, शिल्पी/दलित, दूर्गमबासी, महिला, लैङ्गिक अल्पसंख्यकआदिको सम्मानजनक सहभागिता, प्रतिनिधित्व र साझेदारीलाई सुनिश्चित गर्ने, २०० सम्मको खानेपानी बिल निशुल्क गर्ने, आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न रू १० हजारको अनुदान दिनेलगायतका योजना जसपाले सार्वजनिक गरेको छ।
पूर्णपाठ
यस्मरण रहोस यिनीहरु पटक पटक सरकार मा गैसकेका छन् तर बिकासको नाममा जनतलाई ठगने ढाट्ने काम मात्रा गरेकाछन , अब आउदो चुनाब मा यस्तालाई भोट हाल्नु भनेको आफ्नै देश र जनता संग धोका गरनुहो , यसले तपाइलाई मात्रा होइनाकी तपाइको आउदो पूस्तालाई पनि ठुलै असर गर्नेछन , अब तपाई आफै विचार गर्नुस कि कस्तो पात्रलाई भोट गर्नुहुन्छा। मेरो बिचारमा यिनीहरुलाई धेरै चोटी भोट गार्नु भयो तर उपलब्धि सुन्या छ , तेही भएर यसपाली जनमत पार्टीलाई भोट गर्नुस र समाजलाई बिकाश गर्ने मौका दिनुस। यसपालिको चुनाबमा गल्तिको कुनै अस्थान छैन , तपाइको एउटा गलत भोट ले , तपाइको बाचाको भाबिसिया अन्धकार हुनसक्छ।
अपाङ्गता भएका नागरिकहरुको लागि केही नगर्ने हो कि कसो? छोडिएको देखियो यो घोषणा पत्र मा