बुटवल। दाङको तुलसीपुर उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लागेको छ।
गठबन्धनमा भएको सहमतिअनुसार नेपाली कांग्रेसको भागमा परेको तुलसीपुरमा पूर्वसांसद गेहेन्द्र गिरी मेयरका उम्मेदवार बनेका हुन्। नेपाली कांग्रेस लुम्बिनी प्रदेशले गिरीलाई मेयरको उम्मेदवार बनाएको तुलसीपुर पठाइसकेको उपमहानगर सभापति सुरेश हमालले जानकारी दिए।
गिरी २०५६ सालको मध्यावधि चुनावमा दाङ क्षेत्र नम्बर ३ बाट सांसदमा निर्वाचित भएका थिए। उनी यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि तुलसीपुर उपमहानगरपालिकाको मेयरमा चुनाव लडेका थिए।
त्यति बेला गिरी एमालेका घनश्याम पाण्डेसँग ४ हजार ६ सय भन्दा बढी मतले पराजित भएका थिए। गिरी नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन्। तुलसीपुर उपमहानगरपालिकामा गिरी पाँचदलीय गठबन्धनका साझा उम्मेदवार बनेका हुन्।
तुलसीपुरमा उपमेयर भने नेकपा समाजवादीको भाग परेको छ। समाजवादीले उपमेयरमा जोगबहादुर रानालाई टिकट दिएको छ।
Facebook Comment
Comment