स्वतन्त्र चुनाव जितेका मेयर लोसपा प्रवेश, पाए फेरि टिकट

नेपालभ्युज

स्वतन्त्र चुनाव जितेका मेयर लोसपा प्रवेश, पाए फेरि टिकट

बुटवल। लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरी उमेदवारी दर्ताको एक दिनअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रवेश गरेका छन्।

अघिल्लो चुनावमा स्वतन्त्रबाट उम्मेदवारी दिएर जितेका चौधरी तत्कालीन राजपामा थिए। राजपाले स्थानीय चुनाव बहिस्कार गरेका कारण उनी स्वतन्त्र लडेका थिए।

पछिल्लो समय उनी जनता समाजवादी पार्टीमा थिए। चौधरीलाई शनिबार काठमाडौंमा लोसपाका नेताहरु राजेन्द्र महतो, महन्त ठाकुर, सर्वेन्द्रनाथ शुक्ला लगायतले पार्टीमा प्रवेश गराएका हुन्।

उनलाई आसन्न स्थानीय तहको चुनावमा लोसपाले पुनः मेयर पदमा टिकटसमेत दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved