पञ्चपुरी नगरपालिकामा कांग्रेसले गर्‍यो मतदानबाटै मेयरको उम्मेदवार चयन

नेपालभ्युज

पञ्चपुरी नगरपालिकामा कांग्रेसले गर्‍यो मतदानबाटै मेयरको उम्मेदवार चयन

सुर्खेत । पञ्चपुरी नगरपालिकामा मेयरका आकांक्षी धेरै भएपछि कांग्रेसले उम्मेदवार चयनका लागि मतदान गरेको छ।

५५ जनाले यस आन्तरिक मतदानमा १४ जना आकांक्षीहरूलाई मत खसालेका थिए, यसमध्ये कृपा थापाले ३४ मत ल्याएर मेयरको टिकट पक्का गरिन्।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर दुईका सचिव बलबहादुर बिष्टले ८ मत पाए भने अर्का दाबेदार याम बिसीले ७ मत पाए।

कांग्रेस कर्णाली प्रदेशका सहमहामन्त्री उपेन्द्र थापाले तीन मत मात्रै पाए। कांग्रेसका कर्णाली प्रदेश सदस्य तथा वर्तमान उपमेयर मुक्तिदेवी रेग्मीले दुई मत मात्रै पाइन् भने इन्द्रबहादुर रावल, नरेन्द्र लामिछाने, रामप्रसाद तिमिल्सेना, लालवीर भण्डारी, पदमदेव गिरी, भीष्मराज हमाल, नेत्र शाही, गणेश कार्की, दीपबहादुर नेपालीले भने एक मत पनि पाएनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved