जिम्बाबे ‘ए’ विरुद्ध नेपाली टिम घोषणा

जिम्बाब्वे ‘ए’ टिमविरुद्धको एकदिवसीय र ट्वान्टी–२० क्रिकेट खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार टिम घोषणा गरेको छ। क्यानले सन्दीप लामिछानेको कप्तानीमा टिम घोषणा गरेको हो।

नेपालभ्युज

जिम्बाबे ‘ए’ विरुद्ध नेपाली टिम घोषणा
फाईल फोटो

काठमाडौं। जिम्बाबे ‘ए’ टिमविरुद्धको एकदिवसीय र ट्वान्टी–२० क्रिकेट खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार टिम घोषणा गरेको छ। क्यानले सन्दीप लामिछानेको कप्तानीमा टिम घोषणा गरेको हो।

क्यानले यसअघि पपुवा न्युगिनी (पीएनजी)विरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला र त्यसपछि मलेसिया र पीएनजी सम्मिलित त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि फरक–फरक टिमको घोषणा गरेको थियो। तर, यसपटक भने त्यसरी छुट्ट्याइको छैन ।

अघिल्लो टिममा रहेका कमलसिंह ऐरी, गुल्शन झा, अनिल शाह, दिलीप नाथ र कुशल मल्ल यसपटक छैनन्। उनीहरूका स्थानमा विनोद भण्डारी, किशोर महतो, शाहब आलम, सुनील धमला र बासिर अहमदलाई टिममा समावेश गरिएको छ।

नेपाली टिमका परेमा खेलाडीहरू

सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, आदिल अन्सारी, भीम सार्की, सुशन भारी, पवन सर्राफ, अविनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम र सुनील धमला।

नेपालले जिम्बाबे ‘ए’ विरुद्ध यही वैशाख १७ देखि वैशाख २१ गतेसम्म तीन एकदिवसीय शृखला खेल्नेछ। वैशाख २३ देखि २६ गतेसम्म तीन ट्वान्टी–२० क्रिकेट खेल्नेछ। सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved