कांग्रेस कञ्चनपुरका सहसचिव माओवादी प्रवेश

नेपालभ्युज

कांग्रेस कञ्चनपुरका सहसचिव माओवादी प्रवेश

धनगढी । नेपाली कांग्रेस जिल्ला कार्य समिति कञ्चनपुरका सहसचिव पुस्कल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

उनीसँगै बेलौरी नगरपालिका–२ को वडा कार्य समिति सचिव हरिराम जोशीलगायत कांग्रेसका नेता कार्यकता माओवादी प्रवेश गरेका हुन्।

कैलालीको गौरीगंगा नगरपालिकामा बिहीबार आयोजित कार्यक्रममा सहसचिव चौधरीले कांग्रेस परित्याग गर्दै माओवादी प्रवेश गरेका थिए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई पार्टीमा स्वागत गरेका हुन्।

कांग्रेस क्षेत्र नम्बर १ का सभापति गोपी उपाध्यायले चौधरी र जोशी माओवादी प्रवेश गरेको पुष्टि गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved