यू–१९ महिला विश्वकप छनोट प्रतियोगिताका लागि ४४ प्रारम्भिक खेलाडी छनोट

नेपालभ्युज

यू–१९ महिला विश्वकप छनोट प्रतियोगिताका लागि ४४ प्रारम्भिक खेलाडी छनोट

काठमाडौं। यू–१९ महिला विश्वकप छनोट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ४४ जना प्रारम्भिक खेलाडी छनोट गरेको छ। विश्वकप छनोटको तयारीको लागि पहिलो चरणको बन्द प्रशिक्षण पोखरामा १० वैशाखदेखि शुरु हुँदैछ।

प्रशिक्षणका लागि पहिलो चरणमा छनोट भएका सबै ४४ खेलाडीलाई रिपोर्ट गर्न क्यानले आग्रह गरेको छ। छनोट भएका खेलाडीले आ-आफ्नो प्रदेशमा रहेको क्यानको कार्यलयमा सम्पर्क गर्नुपर्नेछ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पहिलो पटक यू–१९ महिला विश्वकप आयोजना गर्न लागेको हो। टी-ट्वान्टी फर्म्याटमा हुने विश्वकप सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुनेछ।

यो प्रतियोगिता सन् २०२१ मा आयोजना गरिने भनिएपनि कोभिडका कारण दुई पटक सरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved