कांग्रेसले सिफारिस गर्‍यो काठमाडौं महानगरका उम्मेदवार, प्रकाशमानपत्नीदेखि महसञ्चारका कलाकारसम्म

नेपालभ्युज

कांग्रेसले सिफारिस गर्‍यो काठमाडौं महानगरका उम्मेदवार, प्रकाशमानपत्नीदेखि महसञ्चारका कलाकारसम्म

काठमाडौं। नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको प्रमुख र उपप्रमुखको नाम सिफारिस गरेको छ। कांग्रेस महानगर कार्यसमितिले महानगर प्रमुखका लागि ५ जना र उपप्रमुखका लागि २ जनाको नाम सिफारिस गरेको हो।

कार्यसमितिले प्रमुखमा वर्तमान उपमेयर हरिप्रभा खड्की, नेपाल महिला संघ काठमाडौंकी प्रमुख सल्लाहकारसमेत रहेकी प्रकाशमानसिंह पत्नी सिर्जना सिंह, महसञ्चारका कलाकार कांग्रेस काठमाडौं महानगर समितिका सभापति नीलकाजी शाक्य,  कांग्रेस काठमाडौं महानगर समितिका सचिव  इन्जिनियर सुशन वैद्य र व्यवसायी प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको छ।

यसैगरी महानगर कार्यसमितिले सुशीला ढकाल र अमित प्रधान शाक्यको नाम उपमेयरमा सिफारिस गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved