महानगर र उपमहानगरको भागबन्डा गर्न गठबन्धनको बैठक बस्दै

सत्तारुढ गठबन्धनको बैठक आज पुनः बस्ने भएको छ।

नेपालभ्युज

महानगर र उपमहानगरको भागबन्डा गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक आज पुनः बस्ने भएको छ। अहिले बिहान ११ बजे बस्ने तय भएको बैठकमा गठबन्धनले महानगर र उपमहानगरको भागबन्डालाई अन्तिम रूप दिने तयारी गरेको छ।

यस अघि मंगलबार राति २ बजेसम्म बसेको बैठकमा सहमति हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो।

गठबन्धन आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपालबीच ६ महानगरमा भने मेयर पदमा भागबन्डा भइसकेको छ।

जसअनुसार ६ मध्ये तीन महानगर काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसले लिने, माओवादीलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा र जसपालाई वीरगन्ज महानगर भाग परेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved