घरेलु मैदानमै पराजित भयो बार्सिलोना

लिगमा अब सात खेल मात्र बाँकी छँदा १५ अंकले पछि परेपछि बार्सिलोनाको यो सिजन लिग उपाधिको आशा क्षीण बनेको छ।

नेपालभ्युज

घरेलु मैदानमै पराजित भयो बार्सिलोना

काठमाडौं। बार्सिलोनाले स्पानिस लिगमा रेलिगेशन जोनमा रहेको क्याडिजसँग घरेलु मैदानमा लज्जास्पद हार भोगको छ। लिगको दोस्रो स्थानमा रहेको बार्सालाई उसकै मैदान नाउ क्याम्पमा क्याडिजले १-० ले पराजित गर्‍यो।

पाहुना टोलीको जितमा एक मात्र निर्णायक गोल लुकास पेरेजले खेलको ४८ औँ मिनेटमा गरेका थिए। यो हारसँगै स्पानिस लिगमा बार्साको १५ खेलको अपराजित यात्रा पनि टुंगिएको छ।

आर्थिक संकटका कारण बार्सिलोनाले यो सिजन लियोनल मेस्सी जस्ता धेरै स्टार र अनुभवी खेलाडीहरुलाई टिममा राख्न सकेन। त्यसैले सिजनको शुरुमा निकै खराब प्रदर्शन गरिरहेको बार्सालाई, क्लबकै पूर्वखेलाडी जाभी प्रशिक्षक भएर आएपछि लयमा ल्याएका थिए।

तर, एक हप्तामा नै बार्साको यो सिजनको उपाधि आशा लगभग समाप्त भएको छ। यसैहप्ता युरोपा लिगका सेमिफाइनलमा पनि बार्सा घरेलु मैदानमा जर्मन क्लब फ्रयांकफर्टसँग पराजित हुँदै बाहिरिएको थियो।

लिगमा यो हारपछि बार्सिलोनाको जारी सिजनको स्पानिस लिगको उपाधि जित्ने सम्भावना पनि अब गणितीय हिसाबमा मात्र सम्भव छ। लिग लिडर रियल मड्रिडको ३२ खेलमा ७५ अंक छ भने दोस्रो स्थानमा रहेको बार्साको ३१ खेलमा ६० अंक छ।

लिगमा अब सात खेल मात्र बाँकी छँदा १५ अंकले पछि परेपछि बार्सिलोनाको यो सिजन लिग उपाधिको आशा क्षीण बनेको छ।

बार्सिलोनालाई पराजित गरेपछि रेलिगेशनमा जोनमा रहेको क्याडिज भने लिगको १६ औँ स्थानमा उक्लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved