कवि दिनेश अधिकारीलाई ‘वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान’

नेपालभ्युज

कवि दिनेश अधिकारीलाई ‘वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान’

काठमाडौं। कवि एवं गीतकार दिनेश अधिकारीलाई विसं २०७८ को वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान पुरस्कार प्रदान गरिने भएको छ। ‘वनिता’ साहित्यिक पत्रिकाले १० हजार १५ रुपैयाँ राशिसहितको पुरस्कार उनलाई प्रदान गर्ने निर्णय गरेको हो।

चौबिस वर्षदेखि निरन्तर रूपमा प्रकाशित हुँदै आएको पत्रिकाले २०७८ र २०७९ दुवै वर्षका साहित्य, सङ्गीत, रङ्गमञ्च, संचार र शिक्षाका क्षेत्रमा दिइने विभिन्न पुरस्कारको घोषणा गरेको छ। साहित्यकार डा. दयाराम श्रेष्ठ सम्भवलाई विसं २०७८ को २५ हजार रुपैयाँ राशीसहितको वनिताश्री कथा रत्न अभिनन्दन प्रदान गरिनेछ।

पत्रिकाले बाल साहित्यकारद्वय प्रभा भट्टराई र रामदेव पाण्डेलाई १० हजार रुपैयाँ राशीको देवकुमारी थापा बाल साहित्य वनिता पुरस्कार तथा समालोचकद्वय डा. शैलेन्दुप्रकाश नेपाल र डा. दुर्गाप्रसाद दाहाललाई वनिताश्री डा. नरेन्द्र चापागाईं समालोचक शिरोवर्ती सम्मान प्रदान गर्ने निर्णय गरेको छ।

कथाकारद्वय मातृका पोखरेल र इल्या भट्टराईलाई वनिताश्री देवकुमारी थापा कथा विशिष्ट सम्मान पुरस्कार तथा कविद्वय कृसु क्षेत्री र मनोज न्यौपानेलाई व्यथित काव्य वनिताश्री पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

सहित्यकार गायत्री श्रेष्ठलाई वनिता शिक्षा र साहित्य पुरस्कार, कलाकार मोहन अभिलाषीलाई वनिता बहुआयामिक प्रतिभा पुरस्कार, गायिका संगीता थापा र नेपाल आइडल सिजन ४ का विजेता भंपेन्द्र थापा मगरलाइ शाक्यलाई वनिताश्री उन्नती गीतसङ्गीत पुरस्कार प्रदान गरिनेछ।

संचारकर्मी भगवती बस्नेत र रंगकर्मी पुरू लम्साललाई वनिता विशेष वसुश्री–मधु पुरस्कार तथा गायक जुजुकाजी रञ्जित र साहित्यकार धनकुटे कान्छाले वनिताश्री पुरुषोत्तमराज पाण्डेय पुरस्कार प्राप्त गर्नेछन्। वनिता जलेश्वरी बालप्रतिभा पुरस्कार राइजिङ स्टार बोर्डिङ स्कुलका साना छात्रा र प्रिभा रेग्मीलाई तथा वनिता बाल कलाकार पुरस्कार कृशला श्रेष्ठलाई प्रदान गरिने जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved