काजमा सर्वोच्चमा तानिए विवादास्पद निर्णय गर्ने तीन न्यायाधीश

काजमा सर्वोच्चमा तानिए विवादास्पद निर्णय गर्ने तीन न्यायाधीश
फाइल तस्वीर

काठमाडौं। विवादास्पद फैसला गरेको विषयमा तीन जिल्ला न्यायाधीशलाई काजमा सर्वोच्च अदालतमा झिकाइएको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जिल्ला न्यायाधीश नवीनकुमार जोशीलाई आज सर्वोच्च अदालत काजमा झिकाएका हुन्।

जोशीले बलात्कारको मुद्दामा पीडित भनिएको पक्षलाई तीन वर्ष कैद हुने फैसला सुनाएका थिए। मुलुकी फौजदारी कार्यविधिलाई संशोधन गर्न आएको केही नेपाल ऐन अध्यादेशको व्यवस्थाका आधारमा गत १३ चैतमा उनले सजायको फैसला सुनाएका थिए। उक्त कानून कार्यान्वयनमा छैन।

यसअघि जिल्ला अदालत काठमाडौंका दुई न्यायाधीश अम्बिकाप्रसाद निरौला र सूर्यकुमार अधिकारीलाई सर्वोच्च अदालतमा काजमा तानिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved