मिस नेपाल २०२२ को लागि आवेदन खुला

नेपालभ्युज

मिस नेपाल २०२२ को लागि आवेदन खुला
फाइल फोटो

काठमाडौं। मिस नेपाल २०२२ को आवेदन खुला भएको छ। द हिडन ट्रेजरले आ पत्रकार सम्मेलन गरी ३१ वैशाखसम्मका लागि आवेदन खुला गरिएको जानकारी दिएको हो।

मिस नेपालका लागि आयोजकले ९-२७ वैशाखसम्म वीरगञ्ज, धरान, नेपालगञ्ज, पोखरा, सुर्खेत र काठमाडौंमा अडिसन लिने भएको छ।

यसअघि मिस नेपालमा सहभागी हुन कम्तिमा ५ फिट ४ इन्च हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गर्दै यस वर्ष १ इन्च घटाइएको छ। यसअघि मिस नेपालका लागि १९ देखि २६ वर्षको उमेर हद रहेकोमा त्यसलाई पनि परिमार्जन गरी १८ देखि २७ वर्ष कायम गरिएको छ।

मिस नेपालको ग्राण्ड फिनाले ४ असारमा ललितपुरस्थित गोदावरीमा हुने आयोजक ट्रेजरले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved