जनकपुरमा बौलाहा कुकुर आतंक, २० बढीलाई घाइते बनायो

नेपालभ्युज

जनकपुरमा बौलाहा कुकुर आतंक, २० बढीलाई घाइते बनायो

जनकपुरधाम। उपमहानगरपालिकामा एक बौलाहा कुकुरले टोकेर २० जना बढी घाइते भएका छन् । घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भई रहेको छ ।

उक्त बौलाहा कुकुर जनकपुरधामको शिवचौक, भानु चौक र मिल्स एरियालगायत क्षेत्रमा डुल्दै २० जनाभन्दा बढीलाई टोकेर घाइते बनाएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् । घाइतेहरूको उपचार प्रादेशिक अस्पतालमा भइरहेको छ।

कुकुरको टोकाइबाट घाइते हुनेहरूमा औरही गाउँपालिका पोखरिया ७५ वर्षीय लक्ष्मेश्वर मण्डल, २० वर्षीय पप्पु साह, १० वर्षीय अञ्जली यादव, ६ वर्षीय सुवेक कुमार साह, ३० वर्षीय मोहन साह, २९ वर्षीय राज साह, १९ वर्षीय रामकरण ठाकुर, १० वर्षीय सूर्यनारायण दास, १७ वर्षीय निरज महतो, २५ वर्षीय प्रमोद मुखिया, १७ वर्षीय कञ्चन ठाकुर, विष्णु माया लगायत २० घाइते रहेका प्रादेशिक अस्पतालले जनाएको छ ।

घाइते मध्ये धेरैजनाले भ्याक्सिङ्ग लिएर घर फर्किसकेका छन् भने केहीको उपचार भइरहेको अस्पतालले जनाएको छ।

बौलाहा कुकुरले शिवचौकदेखि मिल्स एरियासम्ममा हिँडडुल गर्ने अधिकांशलाई टोकेको हो। जनकपुरधाममा कुकुर आतंकका कारण स्थानीयहरू निकै त्रसित बनेका छन्।

बौलाहा कुकुर मान्छेलाई टोक्दै एकचोकदेखि अर्को चौकमा भाग्ने गरेका स्थानीयहरूले बताएका छन्। उनीहरूले कुकुरलाई नियन्त्रण गर्न प्रहरी प्रशासनसँग माग गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved