काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अनुदानमा आउन लागेको कोरोनाविरुद्धको खोप लिन अस्वीकार गरेका छन्।
कोरोना संक्रमितको संख्या घट्दै गएको, खोप लगाउनेको संख्या पनि घट्न थालेको र भण्डारणका लागि ठाउँ पनि नभएकाले तत्काल खोप आवश्यक नभएको उनले बताए।
केही दिनअघि क्यान्डाको राजदूतसँग मन्त्री खतिवडाले भेट गरेका थिए। त्यस समयमा राजदूतले नेपाललाई खोप अनुदानमा लिन आग्रह गरे पनि मन्त्री खतिवडाले नेपालमै खोप रहेको भन्दै अस्वीकार गरेका उनका प्रेस सल्लाहकार शान्तराम बिडारीले जानकारी दिए।
क्यानडालगायत अन्य केही देशले नेपाललाई करीब एक करोड डोज खोप अनुदानमा दिने प्रस्ताव गरेको थियो। “हामीसँग भएको खोप भण्डारण गर्ने ठाउँ पूरै भरिएकाले थप खोप राख्न समस्या देखिएकाले मन्त्रीज्यूले खोप लिन मान्नुभएन,” उनले भने।
Facebook Comment
Comment