सेफ साहलाई पर्यटन बोर्डको सम्मान

नेपाल पर्यटन बोर्डले बीबीसी ‘मास्टर सेफ द प्रोफेसनल २०२०’ का फाईनालिस्टहरुलाई सम्मान गरेको छ। काठमाडाै‌मा आयोजित एक कार्यक्रममा मास्टर सेफ सन्तोष साहकोसाथमा सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेजलगायतको टोलीलाई सम्मान गरेको हो।

नेपालभ्युज

सेफ साहलाई पर्यटन बोर्डको सम्मान

काठमाडौं। नेपाल पर्यटन बोर्डले बीबीसी ‘मास्टर सेफ द प्रोफेसनल २०२०’ का फाईनालिस्टहरुलाई सम्मान गरेको छ। काठमाडाै‌मा आयोजित एक कार्यक्रममा मास्टर सेफ सन्तोष साहकोसाथमा सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेजलगायतको टोलीलाई सम्मान गरेको हो।

बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा, वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछाने लगायतले साह सम्मिलित सेफ टीमलाई सम्मान गर्नुभएको थियो।

सेफहरूलाई सम्मान गर्दै बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले सन्तोष शाहले नेपाली पकवान (परिकार) लाई विश्वसामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताए।

उनले यस कार्यले नेपाली परिकारहरू विश्वमा चिनिने र थप रोजगारीका साथै पर्यटन व्यवसायलाई पनि सफल बनाउन सहयोग गर्ने बताए। उनले सन्तोषसहित टीमका सहभागी अन्य सेफहरूको आगमन र नेपाल भ्रमणले नेपाली पकवान पर्यटनलाई थप टेवा पु¥याएको बताए।
सम्मानित व्यक्तित्व सेफ सन्तोष साहले नेपाली खानालाई विश्व मञ्चमा पु¥याउन पाउँदा आफूलाई गर्व लागेको बताए।

उनले नेपालको पर्यटन विकासको लागि हिमाल र लुम्बिनी प्रसिद्ध गन्तव्यका साथसाथै नेपाली कला, संस्कृति,पकवान सबैको उत्तिकै महत्त्व रहेको बताए। सेफ साहले आफ्नोसाथमा आएको टीमलाई पुनः नेपाल आउन र आफैँ फेरि नेपाललाई नजिकबाट अनुभव गर्न आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved