पश्चिमी तराईमा तीन दिन लू लाग्ने सम्भावना, सतर्कता अपनाउन विज्ञको सुझाव

नेपालभ्युज

पश्चिमी तराईमा तीन दिन लू लाग्ने सम्भावना, सतर्कता अपनाउन विज्ञको सुझाव

काठमाडौं। नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा आगामी तीन दिन तातो हावा चल्ने (लू) सम्भावना भएकोले उच्च सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

भारतको मौसम विभाग र बैंककस्थित क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स) द्वारा जारी पूर्व चेतावनी अनुसार नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते (हिट वेब) तातो हावा चल्ने देखिएको हो। ४० डिग्री माथिको तापक्रमलाई (हिट वेब) अर्थात् ‘लू’ भन्ने गरिन्छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेख अनुसार देशका ७ स्थानमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ। यो अघि नै विज्ञहरूले नेपालमा यस वर्ष तापक्रम बढ्नेतर्फ सचेत गराउँदै आएका थिए।

जलवायु तथा विपद्विज्ञ डा. धर्मराज उप्रेतीले वैशाखको ५ गतेदेखि लगातार ३ दिनसम्म पश्चिम तराईमा तापक्रम अत्यधिक वृद्धि हुने बताए। उनका अनुसार ४० डिग्री वा सो भन्दा माथि तापक्रम, दुई वा त्यो भन्दा बढी दिन रह्यो भने त्यसलाई लू अर्थात् हिट वेब ‘अत्याधिक गर्मी’ को अवस्था भनिन्छ। उनले नेपालमा हिट वेब ‘लू’ शुरु भइसकेकोले सबै नागरिकहरूले सचेत रहन आवश्यक रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved