प्रचण्डसँग बाबुराम-उपेन्द्रको गुनासो, मधेशमा नसघाउने चेतावनी

जसपाले सत्ता गठबन्धनबीच चुनावी तालमेल हुँदा आफू कमजोर रहेको स्थानमा उपेक्षा गरे मधेशमा पनि जसपाले गठबन्धनलाई नसघाउने प्रष्ट मत राखेको छ।

नेपालभ्युज

प्रचण्डसँग बाबुराम-उपेन्द्रको गुनासो, मधेशमा नसघाउने चेतावनी

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर असन्तुष्टि जनाएका छन्।

सत्ता गठबन्धनमा रहेका दलहरुले हिमाली तथा पहाडी जिल्लामा सत्ताघटककै रुपमा रहेको जसपालाई उपेक्षा गरेको भन्दै यादव र भट्टराईले प्रचण्डसँग असन्तुष्टि व्यक्त गरेका हुन्।

हिमाली तथा पहाडी जिल्लाहरुमा सत्ता गठबन्धनको बैठकमा जसपालाई उपेक्षा गरेको भन्दै उनीहरुले बैठकमा जसपालाई नबोलाएको विषयमा आफूहरु गम्भीर भएको बताए।

सिंहदरबारमा आज भएको भेटमा यादव र भट्टराईले हिमाल तथा पहाडमा आफूहरुलाई उपेक्षा गरिए मधेशमा पनि आफूहरुले कांग्रेस र माओवादीलाई नसघाउने चेतावनी दिएका हुन्।

जसपाले सत्ता गठबन्धनबीच चुनावी तालमेल हुँदा आफू कमजोर रहेको स्थानमा उपेक्षा गरे मधेशमा पनि जसपाले गठबन्धनलाई नसघाउने प्रष्ट मत राखेको छ।

यसअघि, धादिङसहितका केही जिल्लामा सत्ता गठबन्धनको बैठकले जसपालाई नसमेटी भागबण्डा टुंग्याएको छ। जसकारण, जसपाले हिमाल र पहाडमा आफूहरुलाई उपेक्षा गरेका तराई-मधेशमा आफूहरु अलग हुने बताएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved