रावतको ‘आफूलाई सुन्नुहोस्’ किताबमाथि अन्तर्क्रिया सम्पन्न

नेपालभ्युज

रावतको ‘आफूलाई सुन्नुहोस्’ किताबमाथि अन्तर्क्रिया सम्पन्न

मुम्बई। शान्ति र आनन्दसँग कसरी जिउन सकिन्छ ?

प्रकाशक हार्पर कोलिन्सले टाइमलेसटूडेको सहयोगमा १३ अप्रिलमा लेखक कार्यक्रम ‘हाउ टू फाइन्ड्स पिस इन दिस वर्ल्ड ? हियर योरसेल्फ’ अर्थात् यस संसारमा शान्ति कसरी प्राप्त गर्ने ? आफूले आफैलाई सुन्नुहोस्।

उक्त कार्यक्रम सन् २०२१मा प्रकाशित अन्तर्राष्ट्रिय बक्ता प्रेम रावतद्वारा लिखित बेस्टसेलिङ पुस्तकका विषयमा थियो।

मुम्बईमा सम्पन्न उक्त कार्यक्रममा लेखक रावतले भारतीय अभिनेत्री मन्दिरा वेदीसँग पुस्तकका विषयमा अन्तर्क्रिया गरेका थिए, जहाँ उनले आफ्नो व्यस्त जीवनको कोलाहललाई कसरी शान्त गर्न सकिन्छ भन्ने बारेमा मार्गदर्शन गरेका छन्।

उनले भने, ‘‘शान्ति मानवताको सबैभन्दा ठूलो उपलब्धि हो, यसबाट आफूभित्रको अनौठो आवाज सुनिन्छ।”

रावत, विश्व प्रशिद्ध वक्ता, शिक्षक, बेस्टसेलर लेखक तथा मानवताका अभियन्ता हुन्। उनले संसारभरका मानिसलाई आफ्नो हृदयको आवाजलाई सुन्न र आफ्नो जीवनलाई उत्तम तरिकाले जिउनको लागि प्रेरित गरेका छन्। उनले लेखेका पुस्तकमा संसारभरि सर्वाधिक बिक्री हुने पुस्तकको सूचीमा परेका छन्। आफ्नो सन्देश दिने क्रममा उनले समसामयिक कहानीहरू तथा प्राचिन कयाहरूलाई वर्तमान परिप्रेक्ष्यमा रोचक ढङ्गले प्रस्तुत गरे, जसलाई मानिसले ज्यादै मन पराए ।

न्युयोर्कको सर्वाधिक बिक्री भएको पुस्तकमा रावतले आफ्नो लामो यात्राको क्रममा धार्मिक व्यक्तित्व, राजनैतिक नेतादेखि लिएर संसारका कडा जेलहरूमा रहेका कैदीहरूसँग गरेको आफ्ना कुराकानी उल्लेख गरेका छन्। उनको जीवनको अनुभवहरू समाहित यस नयाँ पुस्तक “हियर योरसेल्फ’ ले हामीले आफूभित्रको आवाजलाई सुन्नका लागि अपनाउन सकिने महत्वपूर्ण र व्यवहारिक कदमहरूका बारेमा जानकारी दिएको छ ।


Comment

One thought on “रावतको ‘आफूलाई सुन्नुहोस्’ किताबमाथि अन्तर्क्रिया सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved