बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाले राजसंस्था पुनस्थापनाको एजेन्डा बोक्दा हिन्दुराज्यको एजेन्डा रोकिएकोले नयाँ पार्टी स्थापना गर्नुपरेको बताएका छन्। नेपालमा अब राजसंस्थाको पुनर्स्थापनाको सम्भावना बन्द भएको उनको दाबी छ।
राजतन्त्र र गणतन्त्रको अभ्यास जनताले बुझेकोले अब राजसंस्था पुनःस्थापना नहुने उनले बताए।
बुटवलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष थापाले राप्रपामा सैद्धान्तिक विचलन र गलत प्रवृत्ती हाबी भएपछि नयाँ पार्टी गठन गरेको दाबी गरे।
थापाले पार्टी स्थापनाको २ महिनाको छोटो अवधिमै ७७ जिल्लामा पार्टीगत संरचना निर्माण भएको दाबी गरे। त्यस्तै, आधा दर्जनभन्दा बढी भातृसंगठन निर्माण भएको उनले बताए।
राप्रपा नेपालले लोकतन्त्र, हिन्दु राज्य र सुशासनको एजेन्डा अगाडि सारेको उनले बताए।आशन्न स्थानिय तहको निर्वाचनमा राप्रपा नेपालले सम्मानजनक उपस्थिति जनाउने उनले दाबी गरे।
Facebook Comment
Comment