खलील जिब्रानका तीन लघुकथा

साँझ पर्नुभन्दा पहिला श्यालले फेरि आफ्नो छाया देख्यो र भन्यो, “अब त एउटा मुसाले पनि काम चल्छ।”

नेपालभ्युज

खलील जिब्रानका तीन लघुकथा

ब्वाँसो र भेंडा

एउटा उदार ब्वाँसोले निर्दोष भेंडालाई सोध्यो, “के तिमी कहिल्यै हाम्रो घरमा आएर हाम्रो गौरव बढाउँदैनौँ ?”

भेंडाले जवाफ दिँदै भन्यो, “तपाईंको घरमा आउन पाउँदा हामी साँच्चै नै गौरवान्वित हुन्थ्यौँ, यदि हामी तपाईंको पेटभित्र जान नपर्ने भए…।”

०००

श्याल

एउटा श्यालले सूर्योदयको बेला आफ्नो छाया देख्यो र भन्यो, “आज दिउँसोको खानामा म ऊँट खानेछु।”

दिनभरि ऊ ऊँटको खोजीमा जुट्यो।

साँझ पर्नुभन्दा पहिला उसले फेरि आफ्नो छाया देख्यो र भन्यो, “अब त एउटा मुसाले पनि काम चल्छ।”

०००

स्वतन्त्रता

उसले मलाई भन्यो, “कुनै दास सुतिरहेका छन् भने उसलाई ब्युँझाऔँ, सायद उसले स्वतन्त्रताको सपना देखिरहेको हुनुपर्छ।”

मैले भनेँ, “यदि कुनै दास सुतिरहेका छन् भने उसलाई ब्युँझाऔँ र स्वतन्त्रताको महत्वका बारेमा उसलाई बताऔँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved