राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क प्रसूति सेवा शुरू

नेपालभ्युज

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क प्रसूति सेवा शुरू

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा २४सै घण्टा निःशुल्क प्रसूति सेवा सञ्चालन भएको छ । उपकुलपति डा वसन्त लामिछानेले प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निःशुल्क रहेको जनाउँदै अब प्रसूति सेवा लिन आउने महिलालाई शुल्क नलाग्ने बताए।

उपकुलपति नियुक्त भएपछि डा लामिछानेले प्रसूति सेवालाई निःशुल्क गराउने प्रतिबद्धता जनाएका थिए। उनले पूर्वनिर्धारित योजनाअनुसार नै शुक्रबारदेखि अस्पतालमा प्रसूति सेवा निःशुल्क गरिएको जानकारी दिएका हुन्।

यसअघि अस्पतालमा आमा सुरक्षा कार्यक्रम निःशुल्क चले पनि आवश्यक जनशक्तिको अभावमा १२ बजेपछि सुत्केरी हुन आउने महिलाले सेवा लिएबापत पैसा तिर्नुपर्ने बाध्यता थियो । प्रसूति सेवा निःशुल्क भएपछि प्रसूतिका लागि आउने आमालाई सहज हुने स्थानीय बताउँछन्।

घोराहीमा निःशुल्क प्रसूति सेवा नभएका काराण दाङका महिलालाई पैसा खर्च गरेर नेपालगञ्ज वा बुटवल जानुपर्ने बाध्यता रहेको थियो । उपकुलपति डा लामिछानेले निःशुल्क प्रसूति सेवाका लागि थप जनशक्ति थपिने र तत्कालका लागि अस्पतालकै जनशक्ति परिचालन गरेर सेवा दिइने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved