कांग्रेसबाट बेनीको मेयरमा शर्मा सर्वसम्मत उम्मेदवार

नेपालभ्युज

कांग्रेसबाट बेनीको मेयरमा शर्मा सर्वसम्मत उम्मेदवार

म्याग्दी। यही ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस म्याग्दीको तर्फबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवारमा चिरञ्जीवी शर्मा सर्वसम्मत चयन भएका छन्।

कांग्रेस नगरसमितिले बेनी नगरपालिकाको प्रमुखमा १० आकांक्षीलाई जिल्ला समितिमा गरेको सिफारिसअनुसार आज बसेको कांग्रेस म्याग्दीको पदाधिकारीको बैठकले शर्मालाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो।

जिल्ला कार्यसमितिको पदाधिकारी बैठकले बाँकी नौ जनाकै समर्थनमा शर्मालाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved