काठमाडौं। हिजो रिलिज भएको दक्षिण भारतीय फिल्म केजीएफ च्याप्टर २ ले आक्रामक कमाइ गरेको छ।
रिलिजको पहिलो दिन नै फिल्मले सबै भारतीय फिल्मलाई पछि पार्दै एकै दिन सबैभन्दा बढी कलेक्सन गर्ने फिल्मको रेकर्ड बनाएको छ। भारतमा यस फिल्मले पहिलो दिन (हिन्दी भाषामा) झण्डै ५४ करोड भारु कमाएको छ। जुन ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ भन्दा बढी हो। ‘वार’ एकै दिन सर्वाधिक (५३ करोड भारु) कमाउने फिल्ममा दर्ज भएको थियो।
भारतमा एकल रिलिज भएकाले यसको कमाइ अझै बढ्न सक्ने सम्भावना छ।
फिल्मले पहिलो दिन नै १ सय ३४ करोड भारु कमाएर रेकर्ड बनाएको छ। फिल्मको एकै दिनको कमाइले पूरै लगानी उठाएको छ। फिल्म १०० करोड भारुमा बनाइएको निर्माण पक्षले बताएको थियो।
यस फिल्म रिलिज हुनुअघि नै २० करोड टिकट बिक्री गरेको दाबी गरेको छ। जुन सबै हिन्दी फिल्महरूको रिलिज दिनको कमाइभन्दा बढी हो।
Facebook Comment
Comment