भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद

नेपालभ्युज

भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद

झापा। झापामा भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको रु २० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ। प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार मङ्गलबार राति भारतबाट नेपाल भित्रँदै गरेको आर जे १८ जी वी ३७२१ नंको कन्टेनरलाई जाँचका क्रममा भन्सार गरेको कागजात नभेटिएपछि कन्टेनर चालक शिशराम गोर्सीसहित सवारीलाई नियन्त्रणमा लिइएको हो।

कन्टेनरमा बीस लाख मूल्य बराबरको बिस्कुट रहेको र सवारीको मूल्य २५ लाख गरी ४५ लाख मूल्यसहित आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा पठाइएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved