काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले लगाएको आरोप पुष्टि नहुने बताएका छन्।
मंगलबार रिर्पोटर्स क्लबमा पूर्वगभर्नर नेपालले नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार स्वायत्तता संस्था भएकाले सरकारले स्वायत्त दिनुपर्ने बताए।
वित्तीय स्वायत्तता दियो भने केन्द्रीय बैंकले वित्तीय स्थायित्व गर्न सक्ने भन्दै नेपालले केन्द्रीय बैंकको स्वायत्तता हुनुपर्छ मन्ने मान्यता विश्वभरि रहेको दाबी गरे। उनले केन्द्रीय बैंक र अर्थ मन्त्रालय फरक-फरक रूपमा अगाडि बढ्ने भएकाले अर्थमन्त्री र गभर्नरबीच टसल भइरहने गरेको बताए।
पूर्वगभर्नर नेपालल सरकारले स्वायत्तता संस्थालाई हस्तक्षेप गर्दा अन्य काम गर्ने कर्मचारीहरूको मनोबल कमजोर हुने दाबी गरे। गभर्नर निलम्बन तथा दबाबमा नेपालमा मात्रै नभएर विश्वका ठूला राष्ट्रमा पनि यस्तो हुने गरेको नेपालको थियो।
उनले सरकार र राष्ट्र बैंक सञ्चालनमा छुटै कानून भएकाले कानूनअनुसार चल्नुपर्ने बताए। राष्ट्र बैंकको काम मौद्रिक नीति बनाएर कार्यान्वयन गर्ने र देशमा वित्तीय स्थायीत्व जोगाउने शोधानान्तर स्थितिलाई राम्रो बनाउने, भुक्तानी प्रणालीलाई सुचारु गर्ने र सरकारको सल्लाहकारका रुपमा काम गर्ने संस्था भएको नेपालले बताए।
त्यस्तै पूर्वगभर्नर नेपालले प्रधानमन्त्री र मन्त्रीहरू सरकारमा आएपछि चुनावमा जनतासँग प्रतिबद्धता गरेका कुरा बजेटमार्फत पूरा गर्ने उद्देश्यले बजेट बजारमा धेरै छर्ने तर केन्द्रीय बैंक संकुचित सोचबाट हिँडने भएकाले दुबैको कुरा नमिल्ने दाबी गरे। दुवैको काम फरक भए पनि उद्देश्य भने देशको आर्थिक विकासको लागि सँगै समन्वय गरेर अगाडि बढ्ने गरेको बताए। लामो समयदेखि नेपाललगायत विश्वका सबै देशमाहरूमा अर्थमन्त्री र गभर्नरबीच टकराव हुने गरेको दाबी पनि नेपालले गरे।
पूर्वगभर्नर नेपालले मुलुकको विदेशी मुद्रा सञ्चितिमा दबाब परेकामा कुनै संका नभएको बताए। उनले दबाब पनि केही समयपछि विस्तारै सुधार हुँदै जाने पनि बताए।
Facebook Comment
Comment